समाचार
लिम्चुङबुङ गाउपालिकामा आठ हिमाल देख्ने दोबाटेमा ‘एभरेष्ट भ्युटावर’
दोबाटेडाँडा लिम्चुङबुङ गाउँपालिका–३ उदयपुरमा पर्छ । दोबाटेडाँडा लिम्चुङबुङ गाउँपालिकाकै अग्लो ठाउँ हो । जहाँ ‘एभरेष्ट भ्युटावर’ बनाउन लागिएको छ । त्यहाँबाट सगरमाथालगायत आठ हिमशृंखला देख्न सकिन्छ ।
‘एभरेष्ट भ्युटावर’ ७२ फिटको हुनेछ । भ्युटावरको टुप्पोमा १६ फिट उचाइको चिन्डो (वाबु) राखिनेछ । ७२ फिट उचाइको भ्युटावरबाट एकैपटक ५० जनाले उत्तरतिर सगरमाथा, नुम्बुर, महालंगुर, गौरीशंकर, जुगललगायत आठ हिमशृंखला आँखैअगाडि देख्न पाउनेछन् । दक्षिणतिर हेर्दा तराईका लोभलाग्दो फाँट देखिन्छ । पूर्वतिर र पश्चिमतिर पनि दृश्यावलोकन गर्न सकिन्छ ।
बाइनाकुलरबाट पूर्व–पश्चिम, उत्तर–दक्षिणको दृश्य नियाल्नुको मज्जा शब्दमा व्यक्त गर्न नसकिने लिम्चुङबुङ गाउँपालिका प्रमुख मेजर राईले सुनाए । ‘डाँडाको महत्व दक्षिण कोरिया पुगेपछि थाहा भयो,’ लिम्चुङबुङ गाउँपालिका प्रमुख राईले थपे, ‘त्यहाँ डाँडा देख्नै हुँदैन । पर्यटनसँग जोडिइहाल्छन् । हामीले पनि दोबाटेलाई पर्यटनसँग क्यास गर्न खोजेका हौं ।’
एकदेखि डेढ करोड रुपैयाँमा टावर निर्माण गर्नेगरी विक्रमश्रीको नेतृत्वमा आसाम भारतको इन्जिनियर मीठु मलहरीसमेत संलग्न छन् । ‘प्रदेश र केन्द्रबाट ४५ लाख प्राप्त भएको छ,’ उनले जानकारी गराए, ‘भ्युटावर निर्माणार्थ गाउँपालिकाबाट दुई करोड छुट्ट्याएको छौं । पैसा व्यवस्था गरेर भ्युटावर बनाउन लागेका हौं ।’
भ्युटावरसँगै दुई सय रोपनी क्षेत्रफलमा फैलिएको लिम्चुङबुङ पार्क बनाइनेछ । आधुनिक भव्य पार्कभित्रै ‘चिल्ड्रेन पार्क’ हुनेछ । रिसोर्ट र पर्यटक सूचना केन्द्र बनाइनेछ । होमस्टे सञ्चालन गरिनेछ । भ्युटावर र पार्क भन्नासाथ मनोरञ्जनका साधन हुन् ।
मनोरञ्जन गर्नु मानवीय स्वभाव नै हो । बन्न लागेको ‘एभरेष्ट भ्युटावर’ र लिम्चुङ पार्क भएरै १ र २ नम्बर प्रदेशवासी र भारतीयलाई खोटाङको हलेसी, तुवाचुङ, ओखलढुंगा र सोलुखुम्बु पुग्ने छोटो दूरीको सडक मानिन्छ । घुमघामबाहेक कामविशेषले खोटाङ, ओखलढुंगा र सोलुखुम्बु पुग्नेले भ्युटावर र पार्कमा एकैछिन सुस्ताउन सक्छन् । तराईको प्रचण्ड गर्मीमा बसेकाले यहाँ सुस्ताउँदाको आनन्द अरूसँग तुलना गर्न कठिन हुन्छ ।
‘प्रदेश १ र २ का तराईवासी गर्मी छल्न धनकुटाको भेडेटारसम्म पुग्ने गर्छन्,’ उनको सोधाइ छ, ‘२ नम्बर प्रदेशवासी गर्मी छल्न दोबाटेसम्म आउँदा समयको बचत हुन्छ । भेडेटारभन्दा दोबाटेबाट लोभलाग्दो दृश्य अवलोकन गर्न सकिन्छ । भएन त फाइदा ?’
विभिन्न कामले यो बाटो ओहोर–दोहोर गर्नेले एकपटक ‘एभरेष्ट भ्युटावर’ र लिम्चुङबुङ पार्क पस्न लोभ्याइनेछ । घुमफिरमा हिँडिरहनेलाई ‘एभरेष्ट भ्युटावर’ र लिम्चुङबुङ पार्क नपसे यात्रा अधुरो हुने सन्देश प्रवाह गरिनेछ ।
‘एभरेष्ट भ्युटावर’ र लिम्चुङबुङ पार्कको आम्दानी स्रोत खोटाङको हलेसीसँग पनि जोडिनेछ । ‘हलेसीमा पर्यटक आवागमन जति वृद्धि हुन्छ, त्यसको फाइदा हलेसीले नै लिन्छ,’ लिम्चुङबुङ गाउँपालिका प्रमुख मेजर राईको ठम्याइ छ, ‘हलेसीले जत्ति हामीले लाभ नपाए पनि थोरै त पाउँछौं नि । त्यसैले हलेसीसँग साझेदारी विकास खोजिरहेका छौं । लिम्चुङबुङ गाउँपालिकाको नजिकको साथी भनेकै हलेसी हो ।’
आर्थिक वर्ष:
लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण
सि.नं. | नाम, थर | पद | ठेगाना | सम्पर्क नं. | इमेल |
१ | जनदिप थापा मगर | १ नं. वडा अध्यक्ष | लि.गा.पा.१ | 9841199403 | ward1bansbote@gmail.com |
२ | जितेन्द्र राई | २ नं. वडा अध्यक्ष | लि.गा.पा.२ | 9849815365 | ward2tamlichha@gmail.com |
३ | गुरुमणि कुमाई | ३ नं. वडा अध्यक्ष | लि.गा.पा.३ | 9842805472 | ward3baraha@gmail.com |
४ | छत्र बहादुर राई | ४ नं. वडा अध्यक्ष | लि.गा.पा.४ | 9842887087 | ward4balamta@gmail.com |
५ | कबिचन्द्र राई | ५ नं. वडा अध्यक्ष | लि.गा.पा.५ | 9861301480 | ward5jante@gmail.com |
सूचना अधिकारीकाे नाम,थर |
सम्पर्क नं. | इमेल |
गोबिन्द कार्की | 9842961497 |