समाचार
लिम्चुङबुङको तरकारी छिमेकी जिल्लामा निर्यात, अध्यक्ष कृषि कार्यक्रम प्रभावकारी बन्दै
लिम्चुङबुङको तरकारी छिमेकी जिल्लामा निर्यात, अध्यक्ष कृषि कार्यक्रम प्रभावकारी बन्दै
विश्वराज तामाङ उदयपुर माघ १६ उदयपुरको लिम्चुङबुङका कृषकहरु व्यवसायीक तरकारी खेती तर्फ आकर्षित भएका छन्, गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम सुरु भए संगै गाउँका कृषकहरु कृषि कर्ममा आकर्षित भएका हुन् । विगतमा परम्परागत खेती गर्दै आएका कृषकहरु यतिवेला व्यवसायीक खेती गर्दै आर्थिक आर्जन समेत गर्न थालेका छन् । लिम्चुङबुङका अधिंकास खेतबारीहरु हाल पनि बाजै छन् तर स्थानिय कृषकहरुले भने अब बाजो खेतमा पसिना चुहाएर खाम्दानी गर्नु पर्छ भन्ने उद्देश्यले लागेका छन् गाउँपालिका कृषि प्राविधिक गगन राई बताउछन् । आर्थिक बर्ष २०७६/०७७ बाट सुरु भएको अध्यक्ष कृषि कार्यक्रमबाट स्थानिय कृषकहरुलार्य गाउँपालिकाले विभिन्न प्लाष्टिक टनेल, बिउ, थोपा सिचाईका लागि विभिन्न सामाग्रीहरु प्रदान गरेको थियो । गाउँपालिकाले कृषकहरुलाई कृषि सामाग्री दिने थाहा पाए पछि गाउँपालिकामा आएर फारम भरेर सामाग्री पाएका कृषकहरु यतिवेला व्यवसायीक खेती तर्फ उन्मुख भएका छन् । गाउँपालिकाको वडा नम्बर २ ताम्लीछा लिम्बाका कृषकहरुले यतिवेला मौसमी तथा बेमौसमी दुवै किसिमका तरकारीहरु उत्पादन गरेर विक्रि गर्न सुरु गरेका छन् । स्थानिय कृषक हेम बहादुर राईले पछिल्लो समय ४६५ केजी टमाटर उत्पादन गरेर बिक्रि गरिसकेका छन् । हेम बहादुरले उत्पादन गरेको तरकारी छिमेकी जिल्ला खोटाङका विभिन्न बजार, ओखलढुंगा तथा स्थानिय बजारहरुमा विक्रि गर्ने गरेको बताए । हेम बहादुर मात्रै हैनन् स्थानिय कषक अम्वसेर राईले पनि यतिवेला आफ्नो बारीमा टमाटर उत्पादन गरेर मनग्य आम्दानी गरीरहेका छन् । लकडाउनका कारण बैदेशिक रोजगारीबाट फर्कने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दो छ आफु पनि विगतमा विदेशी भुमीमानै रगत पसिना बगाएर आए यतिवेला गाउँमानै कृषि कर्ममा लागेको छु स्थानिय खड्ग बहादुर राइले बताए । लिम्चुङबुङ लिम्बा गाउँमा हेम बहादुर, अम्वसेर र खड्ग बहादुर मात्रै हैन यतिवेला पुरै गाउँनै कृषि खेतीमा आत्मनिर्भर भएर अघि बढेका छन् । उनीहरुले नमुना कृषि समुह समेत गठन गरेर कृषि उत्पादनमा जोड दिएका छन् १६ घर मिलेर समुह बनाएका उनीहरुलाई गाउँपालिकाले उल्लेख्य सहयोग गर्दै आएको कृषि प्राविधिक गगन राईले बताए । विगतमा परम्परागत खेतीमा निर्भर भएका स्थानिय कृषकहरु यतिवेला व्यवसायीक उत्पादनमा लाग्दा आर्थिक आम्दानी समेत राम्रै गर्ने गरेको छन् । आफुले उत्पादन गरेको कृषि सामाग्रीले बजार पाउदाँ स्थानिय कृषकहरु पनि दंगै परेका छन् । अझ पछिल्लो समय गाउँपालिकाको सबै जसो स्थानमा सडक संजाल विस्तार भए पछि छिमेकी जिल्ला तथा स्थानिय बजार पसलहरुमा आफुहरुले उत्पादन गरेको तरकारीको माग बढ्दै गएको स्थानिय कृषक सुबास राई बताउछन् । यता गाउँपालिका अध्यक्ष मेजर कुमार राईले स्थानिय कृषकहरुको व्यवसायीकता तर्फ उन्मुख गरानउनका लागि कृषि सामाग्रीहरु सहयोग गदैै व्यवसायीक योजना निर्माण गरेर अघि बढ्न लागिएको बताउनु भयो । गाउँपालिका अध्यक्ष कृषि परियोजना जनता धनी हुने कार्यक्रम भएकाले यसलाई स्थानिय कृषकहरुले पनि आत्मासाथ गर्दै अघि बढेको उहाँले बताउनु भयो । अध्यक्ष कृषि परियोजना सुरु हुन पूर्व शरहबाट गाउँ सम्म तरकारीहरु आयात हुने गरेको स्थानिय आर्थिक स्रोत बाहिरिदा स्थानिय गरिब हुने भएकाले गाउँको स्रोत गाउँमानै उपभोग गर्नका लागि परियोजनाले सहयोग पु¥याएको अध्यक्ष राईले बताउनु भयो । यतिवेला बाहिरी बजारबाट आउने क्रम रोकिएको छ, स्थानिय स्तरमानै स्थानिय कृषकहरु आत्मनिर्भर हुनुका साथै बाहिरी बजारमा समेत तरकारी निर्यात गर्दै आर्थिक आम्दानी समेत कृषकहरुले पाउने गरेको अध्यक्ष राईको भनाई रहेको छ । अध्यक्ष कृषि कार्यक्रम सुरु भए संगै स्थानिय कृषकहरु उत्साहित भएकाले निर्भाहमुखी कृषि प्रणाली छोडेर स्थानिय कृषकहरु व्यवसायीक खेती तर्फ आकर्षित भएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्ष:
लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण
सि.नं. | नाम, थर | पद | ठेगाना | सम्पर्क नं. | इमेल |
१ | जनदिप थापा मगर | १ नं. वडा अध्यक्ष | लि.गा.पा.१ | 9841199403 | ward1bansbote@gmail.com |
२ | जितेन्द्र राई | २ नं. वडा अध्यक्ष | लि.गा.पा.२ | 9849815365 | ward2tamlichha@gmail.com |
३ | गुरुमणि कुमाई | ३ नं. वडा अध्यक्ष | लि.गा.पा.३ | 9842805472 | ward3baraha@gmail.com |
४ | छत्र बहादुर राई | ४ नं. वडा अध्यक्ष | लि.गा.पा.४ | 9842887087 | ward4balamta@gmail.com |
५ | कबिचन्द्र राई | ५ नं. वडा अध्यक्ष | लि.गा.पा.५ | 9861301480 | ward5jante@gmail.com |
सूचना अधिकारीकाे नाम,थर |
सम्पर्क नं. | इमेल |
गोबिन्द कार्की | 9842961497 |